काठमाडौं । विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको लक्ष्मी सनराइज बैङ्कले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरिका विभिन्न संस्थाहरूसँग सहकार्य गरी ४०० भन्दा बढी बालबालिकाहरू लाभान्वित हुनेगरी विविध सर सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ ।
यसै क्रममा बैङ्कले नेपाल बाल संघठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्साल स्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । यसै गरी बैङ्कले कोशी प्रदेशको उर्लाबारीमा नमूना बाल गृह र इटहरीमा Helpless Children WelfareMission,, मधेस प्रदेशको गरुडामा बन्सिलाल जैसवाल अनाथालय,, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको Rainbow Children Home Nepal,लुम्बिनी प्रदेशको कोरीहवाको अविनास आश्रम,, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको New life Children’s Heaven लगायत सुदुरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिकाको लागी विभिन्न खाद्यान्न सामाग्रीहरू हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया