काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुलीका अमर घलानलाई गोली चलाएर नियन्त्रणमा लिएको छ ।
उनलाई कार्यालयको टोलीले काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट बिहीबार गोली हानेर नियन्त्रणमा लिएको हो ।
उनी विभिन्न ठाउँमा तस्करी र अवैध सुन किन्न, खोज्न हिँड्ने र सुन भेटिएपछि पेस्तोल देखाएर लुट्ने समूहका नाइके भएको प्रहरीको भनाई छ । प्रहरीको गोली लागेर घाइते भएका घलानको अत्तरखेलको एनएमसी मेडिकलमा उपचार भइरहेको छ ।
उनको साथबाट प्रहरीले मेडइन यूएसए लेखिएको लोडसहितको पेस्तोल बरामद भएको प्रहरीको दाबी छ । प्रहरीले घलानसँगै सर्लाहीका ३६ वर्षीय शान्त लामा र सिन्धुपाल्चोकका ३० ववर्षीय जितेन लामालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया