काठमाडौँ । रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ । रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो ।
राष्ट्रपतिद्वारा ६० प्रतिशत कैद कट्टा गरि थुनामुक्त गरिएको निर्णय कानुनसंगत नभएको भन्दै भारती शेर्पाले दायर गरेको रिट यसअघिको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । सोही आदेश बमोजिम बिहीबार उक्त रिट पूर्ण इजलासमा परेको हो ।
संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढकाललाई बाँकी कैद मिनाहा गरिदिएका थिए ।
प्रतिक्रिया