देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक : प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारको लागि बोल्न डिसिजन लिन आवश्यक भएको बताएका छन् ।
राष्ट्रिय आर्थिक बहस ‘सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै अहिले पनि अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए ।
उनले नेपालको हालत पनि श्रीलंकाजस्तो हुन्छ भन्ने भ्रम फैलाएको बताए । बैंकको ब्याज घटाउने केही कोसिस पनि भएको उनले बताए । त्यो एउटा सामान्य सुधार मात्र भएको उनको भनाइ छ । अन्य क्षेत्रमा केही सुधार भएको भए पनि अर्थतन्त्रको मुल समस्या समाधान हुन नसकेको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रचण्डले आर्थिक क्षेत्रमा रिफर्म ल्याउन उच्चस्तरीय वैधानिक आयोग बनाउन आफू सकारात्मक भएको पनि बताए ।
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यस्तो प्रस्ताव गरेका थिए । अहिलेको कानुन तथा ऐन नियमले अर्थतन्त्रमा सुधार गर्न नसकिने भन्दै प्रधानमन्त्री प्रचण्डले सुधारका लागि आफू तयार रहेको बताएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महत आएपछि यो संयन्त्र बनाउने पनि उनले बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको बताए । उनले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताए ।

अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने भन्दै उनले एकले अर्कालाई दोष दिएर समस्या समाधान नहुने बताए ।