देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप फुटबल २०२६ -छनोट खेलमा नेपालले बिहीबार लाओससँग प्रतिस्पर्धा गर्दै : २३ सदस्यीय राष्ट्रिय टिम घोषणा

देशान्तर

काठमाडौं । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले भोलि बिहीबार लाओससँग प्रतिस्पर्धा गर्दैछ ।
दशरथ रंशालामा साँझ साढे ५ बजे सुरू हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक र कप्तानले बताएका छन् । बुधबार ललितपुरमा आयोजित प्रिम्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले पहिलो विश्वकप छनोट नेपालका लागि अवसर भएको बताए ।

उनले खेलमा राम्रो नतिजा ल्याउन शत प्रतिशत दिने प्रयास गरेको बताए । त्यस्तै राष्ट्रिय टीमका कप्तान किरण चेम्जोङले पहिलो चरणको खेलका लागि अहिलेसम्मको लामो ट्रेनिङ भएको बताए । उनले घरेलु मैदानमा लाओससँगको प्रतिस्पर्धा हेर्न आइदिएर आफूहरूलाई हौसला प्रदान गर्ने समर्थकलाई आग्रह गरे । उनले लाओसविरुद्धको खेलमा राष्ट्रिय गान बज्दा सबै समर्थकलाई खेलाडीसँगै राष्ट्रिय गान गाउन पनि आग्रह गरे । यो खेलपछि दोस्रो लेगका लागि नेपाली टिम लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ ।


फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । २३ सदस्यीय राष्ट्रिय टिममा गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, अभिषेक बराल रक्षकमा सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक बिष्ट मिडफिल्डरमा सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, क्रितिशरत्न छुन्जु, मनिष डांगी फरवार्डमा अञ्जन बिष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, दीनेश हेञ्जन, हिसुब थपलिया, र सञ्जिव बिष्ट रहेका छन् ।