काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिताका पदक विजेता नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भव्य स्वागत गरिएको छ ।
सोमबार चीनबाट नेपाल फर्किएका खेलाडीहरुलाई राखेपमा स्वागत तथा सम्मान गरिएको हो । उनीहरुलाई समर्थक एवं परिवारका सदस्यले स्वागत गरेका हुन् ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विशेष स्कर्टिङसहित राखेप कार्यालय लगेको थियो ।
आजै नगर परिक्रमाको कार्यक्रम भए पनि राष्ट्रिय शोकको कारण स्थगित गरिएको छ ।
१९औँ एसियाली खेलकुद प्रतियोगितामा कराँते खेलाडी एरिका गुरुङले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् ।
यसैगरी १९औँ एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । महिला कबड्डी टोली एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो ।
प्रतिक्रिया