काठमाडौं । २६ असोजमा नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । महासचिव गुटेरेस तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आउदैछन ।
उनले असोज २७ गते अपराह्न ४ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अघिल्लो महिना अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका थिए । उनले नेपाल र नेपाली जनताका तर्फबाट संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेका हुन्।
प्रतिक्रिया