काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि काठमाडौंमा अभद्र व्यवहार भएको छ । होटेल एल्लो प्यागोडामा पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि कालो मोसो दलिएको हो ।
प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए । अहिले प्रसाईंलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ । कालो मोसो दल्ने ब्यक्ति र समूहको पहिचानका लागि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।
प्रतिक्रिया