देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंकरमा रहेका नेपाली विद्यार्थीसंग प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन संबाद :धैर्य गर्न आग्रह

देशान्तर

काठमाडौं । इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदले फोन संबाद गरेका छन् ।
बंकरमा रहेका दाङका विपिन सुवेदी सहितलाई फोन गर्दै प्रचण्डले सुरक्षित बस्न आग्रह गरेका हुन् । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै प्रचण्डले तयारी अवस्थामा बस्न भनेका छन् ।
विपिनले आज बिहान एक भिडियो सन्देश मार्फत उद्धारको अपिल गरेका थिए । प्रधानमन्त्री समक्षपनि उनले नेपाल फर्काउन याचना गरेका थिए । प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरेको जनाइएको छ । परराष्ट्रमन्त्री एनपी साउदले पनि इजरायल दुतावासका कर्मचारी सहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिएका छन् ।