काठमाडौं । बझाङमा पुनः परकम्प गएको छ । आज बिहान ११ः४५ बजे बझाङलाई केन्द्र बिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
बझाङमा यही असोज १६ गते ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङमा निरन्तर परकम्प गइरहेको छ । १६ गतेको भूकम्पमा परी एकजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया