काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको बताए । सच्चिन नसके सरकारको बाटो खाली गरिदिन उनले प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे ।
उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यसलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे । कोइरालाले प्रधानमन्त्रीले पार्टीको सभापतिले जस्तो दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउँ म जातिय राज्य दिन्छुजस्ता अराजक अभिव्यक्ति दिएको बताए । नेता कोइरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताए ।
प्रतिक्रिया