काठमाडौं । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् । प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासको व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन् ।
प्रधानमन्त्रीले भूकम्पपीडितलाई तत्काल राहतका लागि ५० हजार उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।
त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा पनि गरेका छन् ।
तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाएर पुनर्निण गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् ।
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।
प्रतिक्रिया