काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् ।
महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराए ।
उनले भने, ‘एउटा भनाइ छ ठूलाको लागि जेल बनाउनुभन्दा सानाको लागि विद्यालय बनाउनु राम्रो कुरा हो । सरकार एकातिर सानालाई व्यवस्थित विद्यालयको परिकल्पना गर्दैछ । अर्कोतिर ठूलाका लागि जेल बनाउनुहुन्न भन्ने कुरा त सही हो । जघन्य अपराधमा रहेका आममाफीको प्रक्रियाबाट छाड्दैछ । त्यसैले कानून बनाएरमात्रै समाज सुन्दर बन्दैन । कार्यान्वयन गर्ने सरकार कति गम्भीर बन्छ ।’
शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले संसदमा पेश गरेको सो विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
सरकारमा जो भएपनि विद्यालयमा सबैको भएकाले त्यसतर्फ गम्भीर हुन उनले आग्रह गरे ।
प्रतिक्रिया