काठमाडौं । विद्युत् विधयक, २०८० प्रतिनिधिसभा बैठकमा पेस भएको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेस गरेका हुन् । विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक असोज १९ गते शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया