काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्णय गलत भएकाले त्यसको जवाफ दिनुपर्ने बताए।
त्यो मुद्दा अदालतमा पनि पुगेको सदनमा पनि कुरा उठेकाले सरकारले सदनमा उभिएर कारण जवाफ दिनु पर्ने थापाको माग छ । उनले सदनको फेश गर्नु पर्ने भन्दै निर्णय गरेर भाग्न नपाइने बताए । गलत निर्णय गर्ने सरकारले सार्वभौम संसद्मा उभिएर जवाफ दिनुपर्ने भन्दै उनले सभामुखले सोहीअनुसार रुलिङ गर्न माग गरे ।
आममाफीको बिषयमा कानूनको अपव्याख्या भएको हुँदा संशोधन र परिमार्जन गर्नु पर्ने भनाई राखे । सरकारमा जो रहे पनि संविधानको छिद्र चिर्दै गम्भीर अपराधका दोषीलाई कैद माफी दिन नहुनेमा उनले जोड दिए । कानुनविपरीत काम गरेर मन्त्रिपरिषद्ले राष्ट्रपति संस्थालाई विवादमा तानेको थापाको आरोप छ । कानुन संशोधन नगर्ने भए फागुन ७ मा पनि यही घटना दोहोरिने उनको भनाइ छ ।उनले सत्तामा हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को कुरा नगर्न विपक्षी दललाई पनि आग्रह गरे।
प्रतिक्रिया