काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले बुधवार देखि काम थालेको छ ।
गृहमन्त्रालयको पुरानो भवन परिसरमा कार्यालय राखेर काम सुरू गरिएको हो । बुधबार आयोगको बैठक बसेको थियो । बैठक पछि आयोजीत पत्रकार सम्मेलनमा आयोगले केहि निर्णय गरेको र औपचारिकरूपमा काम सुरू गरिएको जानकारी गराइएको थियो ।
इलेक्ट्रोनिक सिगरेट र साउन २ गते ब्रेक सुबाट गरिएको सुन तस्करीलगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया