देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महासमिति प्रतिनिधिको नाम २९ असोजभित्र पठाउन निर्देशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ । १४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ सम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले निर्वाचन समितिले नामावली पठाउन निर्देशन दिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ११ जना महासमिति बैठकका लागि प्रतिनिधि हुने विधानको व्यवस्था छ । निर्वाचन समितिका अनुसार ४५ जिल्लाको महासमिति प्रतिनिधि छनोट पूर्ण रुपमा भइसकेका छन् । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अधिकांशमा प्रतिनिधि छनोट भइसकेका छन् । दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामध्येमा केहीमा कुनै क्षेत्रमा छनोट भइसकेको छ भने कतिपयमा बाँकी छ । कांग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।