काठमाडौँ । प्रहरीले दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप १ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको तिब्बत स्थायी ठेगाना भएका तासी दावा भनिने आगर लामा रहेका छन् । काठमाडौँको स्वयम्भू बस्दै आएका उनी बुधबार सोही स्थानबाट पक्राउ परेका हुन् । उनकै निर्देशनमा सुन तस्करी भएको केन्द्रीय सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको ११ किलो सुन भर्खरै खुलेको चीन–नेपाल नाका ‘फलेक बोर्डर’ बाट तस्करी भएको थियो । दोलखा हुँदै सुन काठमाडौँ ल्याउने तस्करहरूको योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया