काठमााडौं । योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी छन् । आममाफीविरुद्ध उनले दायर गरेको रिटको सर्वोच्चमा आज पहिलो पेशी थियो ।
तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन थालेकी छन् । उनी आज २ घण्टा अनसन बसेकी थिइन् ।
प्रतिक्रिया