देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाका सभामुख केभिन म्याकार्थी पदमुक्त

देशान्तर

काठमाडौं । अमेरिकामा पहिलो पटक सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी सरकारको तल्लो सदनमा रिपब्लिकन पार्टीको संसदीय दलका नेताका रुपमा रहेका म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरेका हुन् । मंगलबार साँझ भएको मतदानमा उनलाई हटाउने पक्षमा २१६ मत परेका थिए भने, उनको पक्षमा २१० मत परेको हो । सोमबार फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारेका थिए ।

डेमोर्क्याटहरुसँग मिलेर सरकारी खर्च जुटाउन एक विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको थियो । गेट्जले म्याकार्थीलाई ह्वाइट हाउससँग गोप्य सम्झौता गरी युक्रेनका लागि सहायता जारी राखेको आरोपसमेत लगाएका थिए ।