देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पुर्पक्षका लागि कारागार चलान

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ज्यान मार्ने उद्योगको अभियोग लागेका श्यामबाबु सापकोटालाई काठमाडौं जिल्ला अदालतले सोमबार कारागार चलान गर्ने आदेश सुनाएको हो ।

भदौ २० गते रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो । आक्रमणकारी सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।