देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

११ किलो तस्करीको सुन प्रकरणमा एक चिनियाँ नागरिकसहित तीन जना पक्राउ

देशान्तर

काठमाडौँ । प्रहरीले दोलखामा बरामद ११ किलो तस्करीको सुन प्रकरणमा एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान रहेका छन् । उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको हो । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । यो महिना चार दिनको अन्तरालमा दोलखामा तस्करीको ११ किलो सुन बरामद भएको थियो ।