देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल एपीएम टेबलटेनिस भोलिदेखि

देशान्तर

काठमाडौं । नेपाल एपीएम प्रालिको आयोजनामा तेश्रो नेपाल एपीएम टेबलटेनिस टेनिस प्रतियोगिता भोलि बुधबारदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । क्याडेट ब्वाइज-गल्स सिंगल्स, जुनियर ब्वाइज-गल्स सिंगल्स, खुला टिम इभेन्ट, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि सिंगल्स तथा भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।आयोजकका अनुसार नेपाल, चीन, दक्षिण कोरिया, जापान र भारतबाट करिब ३ सय खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगिताका लागि एपीएम प्रालिका निर्देशक दानबहादुर महता र जिओम नेपालका निर्देशक ज्याकी महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।सम्झौता अनुसार जिओमले प्रत्येक स्पर्धाका स्वर्ण पदक विजेतालाई जम्मा ६ लाख रुपैयाँ बराबरको टेबलटेनिस खेल सामाग्री पुरस्कार स्वरुप प्रदान गर्ने छ । त्यसमा टिम इभेन्टका विजेतालाई मात्र २ लाख बराबरको सामाग्री दिइने निर्देशक महर्जनले जानकारी गराए ।

अखिल नेपाल टेबलटेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको टार्गो प्रतियोगिताको अफिसियल बल पार्टनरका रुपमा रहेको छ ।चारदिने प्रतियोगिताका खेलहरु ललितपुरको भैसेपाटीस्थित एपीएम क्लबमा हुनेछ ।