काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित पराजित भएको छ । भारतसँग पराजित हुँदै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरीएको छ भने भारतीय टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । ओपनर कुशल भुर्तेलले २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए । कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाएको नेपालको इनिङ्समा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएका थिए । सोमपाल कामी ७ र गुल्सन झा ६ रनमा पोविलियन फर्किएका थिए । सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे । भारतका अवि बिश्रोई र अषेश खानले समान ३, अर्शदीप सिंहले २ तथा साइ किशोरले १ विकेट हात पारेका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो । भारतका अन्य ब्याट्सम्यान खासै चल्न नसकेपछि यशस्वी जयसवालले उत्कृष्ट प्रर्दशन गरे । भारतका लागि जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरेका थिए । जसमा ८ चौका र ७ छक्का सामेल थियो । कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे ।
प्रतिक्रिया