काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि मंगलवार बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् । चीन भ्रमणको ब्रिफिङ, विशेष रूपान्तरण अभियान, विद्यालय शिक्षा विधेयक लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । ।
बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।बैठकमा नेसपासँग पार्टी एकताका बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया