देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन– बाइडेन

देशान्तर

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताएका छन् । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताएका हुन् । यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई समय घर्किंदै गइरहेको चेतावनी दिए । उनले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।

“सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट र रिपब्लिकनको ठूलो बहुमतले रुसबाट भएको क्रुर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्दछ”, राष्ट्रपति बाइडेनले कांग्रेसलाई भने “खेल बन्द गरौँ र युक्रेनलाई सहयोग गरौँ ।”
तर अधिकांश विधायकहरूले युक्रेन सहायताका लागि कांग्रेसमा स्वीकृत हुँदै गर्दा युद्धको अवधि लम्बिँदै गएकाले अझ कठिन हुँदै गएको स्वीकार गरेका छन् । युक्रेनलाई सहायता दिनेसम्बन्धी प्रयासमा अहिले रिपब्लिकनहरूको अवरोधले गति पाइरहेको छ ।