देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्करी प्रकरणका लागि गठन गर्ने आयोगको कार्यादेशबारे दलहरुबीच सहमति

देशान्तर

काठमाडौं । सुन तस्करी प्रकरणका लागि गठन गर्ने आयोगको कार्यादेशबारे दलहरुबीच सहमति भएको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले तीन वटा कार्यादेश तय गरेको हो । आयोगमा तीन सदस्य रहने र तीन महिनाको कार्यावधि रहने सहमति पनि भएको छ ।
सुन तस्करीलाई नियन्त्रण गर्नका निमित्त मौजुदा कानुनमा परिमार्जन गर्न भने परिमार्जन गर्ने गरी कार्यादेश दिइएको छ ।