काठमाडौँ । दोलखाको सिंगटीबाट प्रहरीले थप ३ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको हो । बुधवार प्रहरीले ४ किलो सुन बरामद गरेको थियो ।चार किलो सुन सहित पक्राउ गरिएका २८ वर्षीय केशर तामाङको डेरा सर्च गर्दा थप ३ केजी सुन भेटिएको हो ।
सुन ओसार पसारमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बिगु–१ घर भएका राज तामाङलाई पक्राउ गरिएको हो। यो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या छ पुगेको छ ।
प्रतिक्रिया