काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउन्ड एकको खरिद दर १६१ रुपैयाँ ९० पैसा र बिक्री दर १६२ रुपैयाँ ६३ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।
प्रतिक्रिया