काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको हो । धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा जोड दिइएको छ । देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखिएका बारे बैठकमा छलफल गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
देशमा अराजकताको संकेत देखिएको भन्दै उनले त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए । उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको जानकारी गराए ।
आन्दोलनरत राहत शिक्षकसँग संवाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल गरिएको उनले बताए ।
प्रतिक्रिया