देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभियन्ता ‘ई:’ को जीवन रक्षाका लागि पहल गर्न सरकारको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता ‘ई:’ को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई:’लाई आग्रह पनि गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै ‘ई: को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराएको छ ।

विगत आठ दिनदेखि उभिएर धर्ना दिँदा ‘ई’का दुवै खुट्टा सुन्निएका छन् । उनका नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाह बमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारी पाइएको आयोगले जनाएको छ ।