काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । सन्दीपसँगै अर्का स्पिनर सागर ढकाल पनि एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरेका छन् । सन्दीपले मानसिक तनावका कारण आफू चीन नजाने बताएका थिए । सन्दीपविरुद्ध लागेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबार स्थगित भएको थियो ।
एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि सुरु हुँदै छ । टी—२० ढाँचामा खेलाइने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्नेछ ।
प्रतिक्रिया