काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभइ कांग्रेसको जिम्मा भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले देश संकटमा नरहेको बरू आफूहरूको जिम्मामा रहेको बताए । थापाले नेताले प्रतिबद्धता गरेअनुसार कामकारबाही भए वा नभएकोबारे जनताले प्रत्येक दिन मूल्यांकन गरिरहेको पनि बताए । नागरिकले नेताहरूका व्यवहार र निष्ठाका बारेमा प्रश्न गरेको उनको भनाइ छ ।
थापाले सभापति देउवाको कार्यशैलीमाथि पनि उनले प्रश्न उठाए । गुटबन्दी भयो भन्नेहरूले सभापतिलाई सबैको साझा बन्न सुझाव नदिएको भन्दै आपत्ति जनाए।
प्रतिक्रिया