काठमाडौँ । ६० किलो ७ सय ग्राम तस्करीको सुन प्रकरणका १३ प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा १३ जना प्रतिवादीको बयान सकिएको हो । यो प्रकरणमा २९ जनालाई प्रतिवादी बनाइएको छ । ३ जना फरार छन् ।
चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङ बेल्जियन नागरिक दावा छिरिङ ,र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङको बयान पुरा भएको छ । यसैगरी हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्टको पनि बयान सकिएको छ । जिल्ला अदालतमा चार ठाउँमा राखेर प्रतिवादीहरूको बयान गराइएको बताइएको छ ।
प्रतिक्रिया