देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार प्रभावकारी भएन, गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन : प्रदीप पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रिय समिति बैठकमा आज आइतबार ३१ जना केन्द्रिय सदस्यले आफ्नो भनाई राखेका छन् ।

आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन जोगाएर सरकारमा पार्टी जानुलाई नै उपलब्धि मान्न नसकिने बताए । उनले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाए।

यसैगरी केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिए । चौधरीले राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने भन्दै पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए । उनले पार्टीमा संघर्ष गरेका, जेलनेल भोगेका नेताहरुसँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान व्यक्तिहरुलाई पनि अवसर दिनुपर्ने धारणा राखे । चौधरीले केहि गर्न खोज्ने, सक्षम अनुभवी र विज्ञहरुलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’का नाममा पाखा लगाइने गरेकोमा असन्तुष्टि व्यक्त गरे ।