देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बढ्यो अमेरिकी डलर

देशान्तर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।