देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयरधनीहरुलाई ३०.५२६३  प्रतिशत लाभांश दिने एनआईसी एशियाको घोषणा

देशान्तर

काठमाडौं । एनआईसी एशिया बैंकले शेयरधनीहरुलाई ३०.५२६३  प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

हिजो बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् ।

बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।