काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तानको टिम घोषणा भएको छ । हसमतुल्लाह अफ्रिदीको कप्तानीमा अफगानिस्तानले १५ सदस्यीय टोली घोषणा गरेको हो ।टिममा समतुल्लाह शाहिदी (कप्तान), हरमानुल्लाह गुरबाज, इब्राहिम जादरान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जादरान, मोहम्मद नाबी, इकराम अलिखिल, अजमतुल्लाह उमरजई, रासिद खान, मुजिबर रहमान, नुर अहमद, फजल हक फारुकी, अब्दुल रहमान र नविन उल हक छन् ।
आउँदो महिना भारतमा हुने विश्वकपका लागि घोषणा गरिएको टिममा ४ परिवर्तन गरिएको छ । एसिया कपमा राम्रो प्रदर्शन गरेका गुलवद्धिन नायबसहित करिम जनत, शराफुद्धीन अशरफ र सुलेमान सफी टिमबाट बाहिरिएका छन् ।
अजमतुल्लाह उमरजाले चोटपछि पुन टिममा पुनरागमन गरेका छन् । उनी चोटका कारण एसिया कपमा परेका थिएनन् ।
नविन उल हकले पनि टिममा पुनरागमन गरेका छन् । उनले हालसम्म ७ वटा एकदिवसीय खेल्दै २५.४२ को औसतमा १४ विकेट लिएका छन् ।
एकदिवसीय क्रिकेटमा ६ वर्षपछि टिममा बोलाइएको जनतलाई पुन टिमबाट बाहिर राखिएको छ ।
प्रतिक्रिया