देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुक्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

देशान्तर


पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारि दिनुभयो । तामाङका अनुसार बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु र गाडीबीच बाटोमा नै रोकिएका छन् ।