काठमाडौं । विश्वकपका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।
भारतले घरेलु मैदानमा हुने विश्वकपका लागि मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा हार्दिक पाण्ड्या उपकप्तान छन् ।
त्यसैगरी अन्य खेलाडीहरुमा शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसान, केएल राहुल, सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र कुलदीप यादव रहेका छन् ।
खेलाडी चयन समितिका अध्यक्ष अजीत अगरकरले श्रीलंका पुगेर प्रशिक्षक राहुल द्रबिड र कप्तान रोहित शर्मासँगको छलफल पछि टिम घोषणा गरिएको हो ।
५ अक्टुबरमा सुरु हुने विश्वकप क्रिकेटको फाइनल खेल १९ नोभेम्बरमा हुने छ । आयोजक भारतले आफ्नो पहिलो खेल ८ अक्टोबरमा अष्ट्रेलियासँग खेल्ने छ ।
प्रतिक्रिया