देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुक्तिनाथ कृषि कम्पनीका ५ वटा संरचना सञ्चालनमा, एआईमा आधारित एपदेखि प्रादेशिक कार्यालय

देशान्तर

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि संरचनाहरु उद्घाटन गरेको छ । कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले ५ वटा कृषि संरचनाको डिजिटल उद्घाटन गरेको हो ।

क्यापिटलका अनुसार इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय, स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित मुक्तिनाथ एप सञ्चालनमा ल्याएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालले ५ वटै कृषि संरचनाको उद्घाटन गर्दै कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताए । कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिनु पर्ने उनको भनाइ छ । साथै, उक्त सामाग्री खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सबै मिलेर अघि बढ्नु पर्ने उनले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले १६ औं पञ्चवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराए । मुक्तिनाथ कृषि कम्पनीले आयोजना गरेको कार्यक्रम फलदायी रहेको र सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने उनको भनाइ छ ।