काठमाडौं । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी भएको छ । दुवै समूहमा रहेका नेताहरूले सहमतिको सम्भावना क्षीण भएको दावी गर्दै चुनावी तयारीमा लागेको पत्रकार समेत रहेका एमाले प्रतिनिधी सबिन प्रियासनले जानकारी दिएका छन् । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल दावेदार छन् । कंडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पुर्व प्रदेश मन्त्री एवं पार्टी केन्द्रीय सदस्य हुन् । २०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६,अपांगबाट एक,मजदुरबाट ३, खुल्लाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुने छन् ।
प्रतिक्रिया