काठमाडौं । आठ वर्षपछि सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट सर्वसाधारणको लागि खुला भएको छ ।
चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणको लागि खुला भएको हो ।
भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हो ।
नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरेका थिए । त्यसक्रममा सांसद सापकोटा आफैं पनि मितेरी पुल तरेर चीनतर्फ प्रस्थान गरेका थिए। सांसद सापकोटासहितको टोलिलाई चिनियाँहरुले स्वागत गरेका थिए।
गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने गरी नाखा खुला गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया