देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एमालेभित्र ठुलो चिरा पर्ने ‘प्रचण्ड’को दाबी

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेभित्र ठुलो चिरा पर्ने संकेत देखिएको बताएका छन्। बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको र नरोकिने पनि बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने भनाई सहि नभएको दाबी गरे । माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आएपनि नछोड्न भनिएको उनले बताए । प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताए । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डको नाई थियो ।

प्रधानमन्त्री प्रचण्डले सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको पनि बताए । कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उनले समाजवादी मोर्चा बनाउँदा अरूभन्दा आफू बढी खुसी भएको बताए ।प्रधानमन्त्री प्रचण्डले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गर्दै तर आफूहरु एक ठाउँमै रहेर अघि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि भूमिका खेल्ने बताए । उनले आन्दोलनको उपलब्धिलाई बचाउनका लागि भएपनि मोर्चाको आवश्यक भएको बताए ।
समाजवादी मोर्चाले सरकार ढल्छ कि भन्ने आंकलनहरु पनि भइरहेको भन्दै अध्यक्ष नेपालले सरकार कुनै हालतमा नढल्ने दाबी गरे ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा नभएको बताए ।सन्देश सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे ।