देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश 

देशान्तर

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । इस्लामावाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेको लगायत मुद्दामा ‘ट्रायल कोर्ट’ले दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । त्यससँगै उनी पाँच वर्षका लागि आमनिर्वाचनमा उमेदवार हुन नपाउने भएका थिए । मुख्यन्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामावादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो ।

७० वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुन सक्ने आशंका उनका वकिलहरूले गरेका छन् । विपक्षी दलका धेरैले नेता खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए । रासस