देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशको अर्थतन्त्र लयमा फर्किँदै छ : प्रधानमन्त्री

देशान्तर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले विभिन्न आर्थिक सूचाकांक पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् । 

अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसमम १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए । १० महिनालाई आयात धान्ने सञ्चित रकम रहेको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन  नपाइने जानकारी दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्‍याउन  नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराए । यदी कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे ।