काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को वाग्मती प्रदेश अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार अपराह्न पत्रकार सम्मेलन गर्दै खड्काले वाग्मती प्रदेश अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।
काठमाडौंबाट पारसलाई अध्यक्ष, मकवानपुरलाई उपाध्यक्ष, ललितपुरलाई सचिव र भक्तपुरलाई कोषाध्यक्ष दिने र ९ सदस्य पदमा आपसी समझदारीमा उमेदवारी दिइने जनाएका छन् ।
उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।
प्रतिक्रिया