काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावाछिरिङसँग सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि मन्त्रालयमा झिकाइएको गृहमन्त्रालयले जनाएको छ ।
सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे छानबिन हुने बताइएको छ
प्रतिक्रिया