काठमाडौं । प्रतिनिधिसभाको बैठक सञ्चालनमा आएको छ ।
गएको साउन १० गतेबाट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक सञ्चालनमा समस्या आएको थियो । भदौ ६ गते अर्थात् आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको मान्यताप्राप्त दलहरूको बैठकमा दुईबुँदे सहमति भएपछि बैठक सञ्चालन हुने भएको हो । सीआईबीको छानबिनपश्चात् समिति निर्माण गर्ने लिखित सहमति दलहरूबीच भएको छ ।
प्रतिक्रिया