काठमाडौं । नेपालले चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा कुवेतलाई हराउदै नेपाल फाइनल नजिक पुगेको छ । बुधबार भएको खेलमा नेपाल ३४ रनले विजयी भएको हो । लगातार दोस्रो जितसँगै नेपालको फाइनल सम्भावना वलियो भएको छ ।
नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको लागी इन्दु बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान १÷१ विकेट लिइन् । त्यसअघि टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।
नेपालका लागि ईन्दु बर्माले सर्वाधिक २३ रन बनाईन् । बिन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाईन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका लागि मरिन्मा हैदरले ४ तथा मरयाम ओमरले २ विकेट लिईन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । सिरिजमा नेपालको तेस्रो खेल शुक्रबार मलेसियासंग रहेको छ ।
प्रतिक्रिया